काठमाडौंका भित्री सडक र गल्लीमा निस्कनेलाई अब प्रहरीले पक्राउ गर्ने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउनलाई थप कडा बनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी काठमाडौंका भित्री सडक तथा गल्लीमा निस्कने जोसुकैलाई पक्राउ गर्ने जानकारी दिएको हो ।
कार्यालयले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । त्यसैगरी कार्यालयले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने जनाएको छ ।