२३ हजार ९ सय १४ जनाको पीसीआर विधिबाट कोरोनाको नमुना परीक्षण



काठमाडौं । देशभर कोरोना भाइरसको ८६ हजार ९ सय ९९ नमुना परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।

त्यस्तै प्रवक्ता डा. देवकोटाले देशभर २३ हजार ९ सय १४ पीसीआर परीक्षण गरिएको र ६३ हजार ८५ आरडीटी परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार ८ नमुना परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १५ हजार ६ सय ८३ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या २ सय ६७ रहेको छ ।

जसमध्ये उपत्यकामा २७ जना र उपत्यका बाहिर २ सय ४० जना रहेका छन् । त्यस्तैगरी शुक्रबारसम्म देशभर संक्रमितको संख्या २ सय ५८ पुगेको छ । कूल संक्रमितमध्ये २ सय १० जना पुरुष र ४८ जना महिला रहेका छन् । शुत्रबार मात्रै थप नौ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । घर फर्किएका कूल ३६ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

सुन्दरबजार, (लमजुङ) । पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट

गौशाला धर्मशाला सञ्चालनका विषयमा मारवाडी सेवा समितिका पक्षमा उच्च अदालतको फैसला

काठमाडौं । पशुपति गौशाला धर्मशाला सञ्चालन मारवाडी सेवा समितिले गर्न पाउने भएको छ