हङकङको आइडी बाहक र जापानमा काम गर्ने नेपालीलाई फिर्ता जान दिने उच्चस्तरीय समितिको निर्णय



काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेठ ५ गतेपछि निरन्तरता दिने तयारी गरेको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोनाको वर्तमान अवस्थाका बारेमा स्वास्थ्यकर्मी, लगायत बिज्ञहरुसंग छलफल गर्दै कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई प्रभावकारी रुपमा निरन्तरता दिने तयारी गरेको हो ।

कारोना प्रभावित नभएका क्षेत्रमा लकडाउनलाई केही खुकुलो गर्ने र कोरोना प्रभावित क्षेत्रमा थप कडाई गर्ने तथा जेठ ५ गतेपछि पनि निरन्तरता दिने बिषयमा छलफल भएको समितिका प्रवक्ता एवं मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

बैठकले लकडाउनअघि नेपाल आएका जापानमा काम गर्ने ६ सय नेपालीहरुलाई चाटर्ड बिमानबाट जापान पठाउने निर्णय गरेको छ । त्यसका लागि कामदारहरुले नै चाटर्ड बिमानको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै लकडाउनअघि नै नेपाल आएका हङकङ आइडी बाहक नागरिकहरुलाई पनि फिर्ता जान दिने निर्णय गरिएको बिडारीले बताए ।

समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको हो ।

लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका थिए । चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सबैले परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन सुझाव दिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन