पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पीसीआरको दायरा बढाउन आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआरको परीक्षणको दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्नु ।’ अधिवक्ता कमलबहादुर खत्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।