चिकित्सकसहित त्रिवि शिक्षण अस्पतालका ३८ जना क्वारेन्टाइनमा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले वार्ड सिल गरी त्यहाँ कार्यरत ३८ चिकित्सक र नर्सलाई आइसोलेसनमा राखिने भएको छ । अहिले सो वार्डमा उपचार गराइरहेका पाँच जना बिरामीलाई पनि आइसोलेसनमा राखिएको ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई वैशाख ३० गते उपचारका लागि शिक्षण अस्तपाल ल्याइएको थियो । बालिकामा कोरोना पुष्टि भएपछि वार्डमा कार्यरत चिकित्सक तथा नर्स र कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

काठमाडौँ । पर्वत कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा