नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको र स्थायी कमिटी सदस्यहरुको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको हो ।

बुधबार बिहान ११ बजेका लागि पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने तय गरिएको थियो । आजको बैठक स्थगित गरिएपछि अर्को बैठकको मिति भने तय गरिएको छैन ।