राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याउन रावलको सुझाव



काठमाडौं । सत्तारुढ नेकपाका सांसद भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रित भएर बजेट ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतिहरु केन्द्रित गरी बजेट ल्याउनुपर्ने बताएका हुन् । देश र जनता सुरक्षित नभइ कुनै पनि काम अगाडी बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तका छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेम्म कुनै काम सुरु नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको