सीमा अतिक्रमणविरुद्ध सांसदहरूले उठाएका सवालमा सभामुखद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सीमा अतिक्रमणविरुद्ध सांसदहरूले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले नेपाली भूमिमाथिको भारतीय अतिक्रमणविरुद्ध प्रभावकारी कदम चाल्न र सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

आगामी आर्थिक वर्ष ०७७, ७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहे पनि संवेदनशील विषय भएकाले भारतीय अतिक्रमणविरुद्ध सांसदहरूलाई शून्य समयमा धारणा राख्न सभामुखले समय दिएका थिए । शून्य समयमा धारणा राख्ने अधिकांश सांसदहरूले सीमाविवाद समाधानका लागि चीनसमेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तर्रा्ष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए ।

शून्य समयमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले ती विषयमा सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसदहरुले कोरोना भाइरसको परीक्षणका लागि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री अभाव भएको तथा लकडाउनले सर्वसाधरणको दैनिकी कष्टकर भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले कोरोना भन्दा पहिला नै विदेशमा रोजगारीका क्रममा मृत्यु भएकाको शब ल्याउन नपाएको तथा विदेशमा अलपत्र परेका र भारतीय सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन माग गरिन् । सांसद दीपकप्रकाश भट्टले भारतमा काम गर्न गएका लाखौं नेपाली संकटमा रहेको भन्दै उनीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद दिलेन्द्र प्रसाद बडुले चालु अधिवेशनको सुरु देखि नै प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको भन्दै सो को कारण संसदलाई जानकारी गराउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि समितिको निर्देशनः स्वर्गद्वारी गुठी किसानहरूको समस्या समाधानका लागि कानुन बनाउनु

  काठमाडौँ । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना