सीमा नाकामा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखि भारतीय सीमा नाकामा अलपत्र र असुरक्षित अवस्थामा रहेका नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी देशव्यापी अनुगमनका क्रममा सीमा क्षेत्रमा नेपाली नागरिकहरू ६ सातादेखि असुरक्षित अवस्थामा रहिरहेको र संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भइरहेकामा चिन्ता व्यक्त गरेको हो ।

आयोगले सर्वोच्च अदालतको आदेशबमोजिम सीमा नाकामा अलपत्र नेपालीहरूको तत्काल उद्धार गरी डब्लूएचओको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्न र सबैको स्वास्थ्य परिक्षण गर्न निर्देशन दिएको हो । आयोगले लकडाउनसागै भारतमा रोजगारी र गाासबासको समस्या भई स्वदेश फर्कने क्रममा सीमा नाकामा आई क्वारेन्टाइनमा बसिसकेकाहरूसमेत अलपत्र परिरहेको उल्लेख गर्दै नेपाली नागरिकप्रति राज्यको दायित्व वहन गर्न सरकारलाई निर्देशन दिएको हो ।