चीनद्वारा ४० हजार पीसीआर किट हस्तान्तरण



काठमाडौं । चीन सरकारले नेपाललाई कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी मेडिकल सामग्री अनुदानमा उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरिन् । यान्छीले कोरोना परीक्षणका लागि ४० हजार पीसीआर किट हस्तान्तरण गरिन् ।

त्यस्तै चीनले २० हजार एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान मेडिकल चस्मा लगायतका मेडिकल सामग्री हस्तान्तरण गरेको छ । यी सामान गत शुक्रबार र शनिबार गरी काठमाडौं ल्याइएको थियो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणसंग लड्न चीनले दिएको सामाग्री प्रभावित क्षेत्रमा पठाइने बताए । चीन सरकारको सहयोगप्रति आभार प्रकट गर्दै उनले नेपाल चीन सम्बन्ध ऐतिहासिक रहेको पनि बताए । राजदूत यान्छीले यो सामग्रीको चीन नेपाल सोलिडारिटीको समन्वयमा उपलब्धता सम्भव भएको आफूहरुले बाचा मात्रै नगरेर काम पनि गरेर देखाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित