सीमा विवादः नेपालले भारतीय राजदूतमार्फत पठायो ‘कुटनीतिक नोट’
काठमाडौँ । नेपाली भूमि अतिक्रमणको विरोधमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ । नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर परराष्ट्र मन्त्रालयले कुटनीतिक नोट दिएको हो ।
राजदूत क्वात्राले सोमबार बिहान परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीलाई मन्त्रालयमा भेटेका हुन् । नेपाली भूमि मिचिएको विषयमा भारतीय पक्षसँग उच्चस्तरीय वार्ताको लागि पहल भइरहेपनि भारतले कोरोना संकटपछि मात्रै यसबारे कुराकानी गर्ने भन्दै आएको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक शुक्रबार उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी भारतीय कदमको विरोध गरिसकेको छ । त्यसैगरी सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत सम्पूर्ण राजनीतिक दल तथा नेपाली नागरिकले भारतीय कदमको विरोध गरेका छन् ।
केही भने यो मुद्दा अब अन्तर्राष्टियकरण गर्नुपर्ने बताएका छन् । यसअघि पनि सरकारले सडक निर्माणको विषयलाई लिएर भारतलाई कुटनीतिक नोट पठाएको थियो । तर भारतले त्यसको वेवास्ता गर्दै आएको छ ।