काठमाडौँ । अनेरास्ववियू तथा राष्ट्रिय युवा संघले सीमा अतिक्रमण गर्ने भारतको कदमकाविरुद्ध नझुक्न सरकारलाई आग्रह गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्चित तामाङ, युवा संघका संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेलले मुलुकको सीमा रक्षाको निम्ति पार्टी तथा सरकारको निर्देशन अनुसार कदम चलाउन पछि नपर्ने बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले सरकारले पटक पटक कुटनैतिक रुपमा समस्या समाधान गर्ने प्रयास गरे पनि भारत सरकारले यो वा त्यो वहानामा टारिरहेको भन्दै नेपाल भारत उच्चस्तरिय छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रकृया अघि बढेको जानकारी दिए । मुलुकको सीमा रक्षाको निम्ति सरकारले अब निर्णयक चरणमा अघि बढ्ने भन्दै नेपाली भूमि कुनै पनि हालतमा नछोड्ने दृढता व्यक्त गरेका छन् ।


प्रतिक्रिया