सार्वभौमसत्ता संकुचन हुने भारतको कदमले थप गम्भीर बनायोः माधव नेपाल


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोबार जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको बताएका छन् । नेकपाको बिदेश बिभाग प्रमुखसमेत रहेका नेता नेपालले आइतवार विज्ञप्ति जारी गरी यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता नेपालले भारतको यस कामबाट दुई देशका बीचमा यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको उल्लेख गरेका छन् ।