पहिलेका शासकहरुले गरेको गल्तीका कारण अहिलेको पुस्तालाई पीडाः गृहमन्त्री



काठमाडौं । भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने सडक मार्ग उद्घाटन गरेको विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई पक्षीय संवादको तुरुन्तै र लगातार पहल गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले दुई पक्षीय वा त्रिपक्षीय पहलबाट पनि नभए यो विषयलाई अन्तराष्ट्रियकरण गर्न पनि सुझाब दिएको छ ।

नेपालको सार्वभौमिकतामाथि बलात् हस्तक्षप र थिचोमिचो गर्दै भारतले तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमणकारी नीति भएको समितिको ठहर छ । समितिले भारत सरकारको यस कदमप्रति खेद व्यक्त गर्दै घोर भत्र्सना समेत गरेको छ । अतिक्रमणकारी कदम त्याग्न छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न, पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्ट्रिय सम्बन्धलाई क्रियान्वयन गर्न समेत आग्रह गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले पहिलेका शासकहरुले गरेको गल्तीका कारण अहिलेको पुस्ताले पीडा भोग्नुपरेको बताए । भारतले चीनबाट बच्नका लागि नेपालको सीमामा सेना राख्ने अनुमति माग्दा तत्कालीन शासकहरूले अनुमति दिएर गम्भीर गल्ती गरेको पनि उनले बताए । त्यस्तै मन्त्री थापाले परराष्ट्रले पठाएको नोट सही भएको उल्लेख गर्दै अहिले नै यसलाई अन्तराष्ट्रियकरण गर्ने बेला नभएको बताए ।

बैठकमा सांसदहरू दिलेन्द्रप्रसाद बडु र जनार्दन शर्माले सीमा विवादको विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने माग उठाएका थिए । उनीहरुले नेपालको वास्तविक नक्सा छिटै सार्वजनिक गर्नुपर्ने र सीमा बिषयमा सरकार गम्भीर हुनुपर्ने बताए । भारतले नेपाली भूमि प्रयोग गर्दै केही वर्षदेखि सडक बनाइरहेको भए पनि शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि सीमा विवाद फेरि सतहमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई