नेपाली भूमि लिपुलेकमा सडक निर्माणको काम रोक्न भारतलाई सत्तारुढ नेकपाको आग्रह



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमा भइरहेको सडक निर्माणको काम तत्काल रोक्न भारतलाई आग्रह गरेको छ । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले संयुक्त वक्तव्य जारी गरी नेपाली भूमि लिपुलेकमा सडक निर्माणको काम रोक्न भारतलाई आग्रह गरेका हुन् । वक्तव्यमा नेकपा नेपाल र भारत सरकारसँग सम्पूर्ण सीमा समस्याहरु यसअघि गरिएका समझदारी अनुसार कुटनीतिक पहलमार्फत समाधान गर्न आग्रह गरिएको छ ।

भारतका गृहमन्त्री राजनाथ सिंहले शुक्रबार तिब्बतको मानसरोबर जान नेपाली भूमि लिपुलेकमा भारतले गरेको सडक निर्माणको उद्घाटन गरेका थिए । भारतीय कदमको नेपालमा तीव्र विरोध भएको छ । शनिबार परराष्ट्र मन्त्राले विज्ञप्ति जारी गरी भारतीय कमदप्रति आपत्ति जनाएको थियो भने विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन समेत गरेका थिए । सर्वत्र विरोध भएपछि सत्तारुढ नेकपाले भारतीय कदमप्रति आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक