पूर्वसहायक रथी बस्न्यात र पूर्वएआईजी श्रेष्ठ पक्राउ
काठमाडौँ । प्रहरीले नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठलाई पक्राउ गरेको छ । नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक खोलेको विरोध गर्दै सडकमा उत्रिएका श्रेष्ठ र बस्नेतलाई शनिबार दिउँसो महाराजगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासतमा राखिएको छ । लकडाउनको उल्लंघन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसअघि शनिबार दिउँसो भारतले लिपुलेकमा सडक निर्माण गरी उद्घाटन गरेकोविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई पनि प्रहरीले माइतीघर र लैनचौरबाट नियन्त्रणमा लिएको थियो ।