१६ हजारको पिसिआर बिधिबाट कोरोना परीक्षण



काठमाडौं । सरकारले मुलुकभर कोरोना परीक्षणको दायरा बढाउदै लगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल पिसिआर किट्स प्रयाप्त रहेको भन्दै कोरोना परीक्षणको दायरा बढाउँदै लगेको जनाएको हो । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिले ५० हजार भन्दा बढी पिसिआर परीक्षण किट्स रहेको जानकारी दिए ।

उनका अनुसार १६ हजार ९ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको छ भने ५५ हजार ९ सय भन्दा बढीको र्यापिड बिधिबाट कोरोना परीक्षण गरिएको छ । उनले मुलुकभर क्वारेन्टाइनमा १४ हजार ५९२ जना रहेका र ३४० जना रेड जोनमा रहेका जानकारी दिए । प्रवक्ता देवकोटाले शनिबार भेटिएका थप कोरोना संक्रमितको उपचार सुरु गरिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।