काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारत सरकारले मानसरोबर जोड्न लिपुलेक हुँदै सडक निर्माण गरेको बारे जवाफ दिनुपर्ने बताएका छन् ।
ट्वीट गर्दै लोहनीले प्रश्न गरेका छन्, के नेपाल सरकारले स्वीकृति दिएर भारतले सडक निर्माण गरेको हो ? उनले लेखेका छन्, ‘लिपुलेक नेपाल को भूमि हो । त्यहाँबाट भारत सरकारले बाटो बनाएको छ । के यसको लागि नेपाल सरकारले स्वकृति दिएको हो ? होइन भने नेपालको भूभागबाट बाटो बनाउँदा यो सरकार किन मौन ? नेपालको रक्षा गर्नुलाई आफ्नो मूल कर्तब्य हो भनेर भाषण गर्ने सरकारले नेपाली जनतालाई स्पस्ट गर्नु पर्यो ।’


प्रतिक्रिया