कोरोना संक्रमितको संख्या १०९ पुग्यो, थप सात जनालाई संक्रमण
काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका तीन पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमित मध्ये ३० जना डिस्चार्ज भइसकेका छन् ।