सांसद र कर्मचारी गरी ४३४ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । ती मध्ये २ सय १२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए ।
उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो । महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।