पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ जनाको नमुना परीक्षण



काठमाडौं । नेपालमा बिहीबार थप मानिसमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको मन्त्रालयले जनाएको हो । हालसम्म मुलुकभर पिसिआर बिधिबाट १४ हजार ५ सय ९ जनाको कोरोनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण गरिएको छ । अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ । जसमा ७१ पुरुष र २८ महिला रहेका छन् । यसअघि बुधबार पर्साको वीरगञ्जमा २ महिने बालक सहित १७ जनामा संक्रमण देखिएको थियो ।

अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७ गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा २४ सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यस्तै क्वारेन्टाइनमा १७ हजार ३७२ छन् भने आइसोलेशनमा १३३ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपाल अमेरिका मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६८ लाख २५ हजार २ सय रुपैयाँ सहयोग गरेको छ । प्रतिष्ठानको आइसियू सुधारका लागि फाउन्डेसनले सहयोग गरेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए । नेपालमा कोरोना संक्रमित ९९ जना मध्ये २२ जना उपचारपछि निको भएका छन् ।

बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड

बाराको नवजन्म पुनःस्थापना केन्द्रमा प्रदीप मण्डलको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा