सरकारको नीति तथा कार्यक्रम जेठ दुई गते प्रस्तुत हुने



काठमाडौं । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रिबजेट छलफलपछि संसद्‍मा प्रस्तुत हुने भएको छ । संसद् सचिवालयले जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभामा प्रिबजेट छलफल वैशाख २८, २९ र ३० गते हुनेछ । राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै प्रिबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने हुन्छ । संसद अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ ।

बैठकअघि संघीय संसदको संयुक्त तथा प्रतिनिधि सभा बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्ष सिट लगायत समग्र व्यवस्थापनबारे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दहाल, कानुन मन्त्री डा. शिममया तुम्बहाम्फे लगाएतले अवलोकन गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसद भवनलाई कोरोनाको त्रास र संभावित जोखिमबाट जोगाउनका लागि सबै तयारी गरिएको बताए । बैठकको तयारी अनुसार सांसदहरुलाई आसनबाटै बोल्ने व्यवस्था गरिएको छ भने सिटको दुरी पनि कायम गरिएको छ । बिहीबार नै संघीय सांसदहरुको कोरोना परीक्षण पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक