कोरोनाको नमुना परीक्षण बढाउन प्रधानमन्त्रीलाई देउवाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी पिसिआर विधिबाट कोरोनाको नमुना परीक्षण बढाउन आग्रह गरेका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्रीलाई टेलिफोन गरी सभापति देउवाले नेपालगंजमा युद्धस्तरमा परीक्षण व्यापक रुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न, कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्दार गर्ने बारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न र सीमा नाकामा क्वारेन्टाइनमा बसेको महिनादिन पुगिसक्दापनि अझै कयौंले देश आउन नपाएको स्मरण गराउंँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन आग्रह गरेका हुन् । कुुराकानीका क्रममा सभापति देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्नु सरकारको कर्तव्य रहेकोे स्मरण प्रधानमन्त्रीलाई गराएका छन् ।

केन्द्रीय सरकारले उद्दार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेर मात्रै घर जान दिने गरि ब्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन प्रधानमन्त्री समक्ष सभापतिले आग्रह र माग गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अपरिहार्यः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल । अन्न उब्जनी नहुने इलामको माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो

मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  ३२