माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि बिचारको विकास गर्न आवश्यकः प्रचण्ड
काठमाडौं । सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२ औं जन्म दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुुभकामना व्यक्त गर्न भएको छ ।
कार्ल माक्र्सलाई एक हजार वर्षयताकै महान् दार्शनिक रहेको भन्दै प्रचण्डले सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको उल्लेख गरेका छन् ।
उनले महान् दार्शनीक कार्ल माक्र्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रुपमा स्मरण गरेका छन् । २१ औं शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि बिचारको विकास गर्न आवश्यक भएको उनको भनाई थियो ।
विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गरीखाने श्रमजीवि जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
उनले माक्र्सको जन्म दिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।