जनस्वास्थ्य विज्ञको सुझावः अब लकडाउनको औचित्य सकियो, खोल्न तिर लागौं
काठमाडौं । एक जना जनस्वास्थ्य विज्ञले सरकारलाई लकडाउन मात्र कोरोना नियन्त्रणको विधि नभएको भन्दै खोल्न सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले अब पनि सबै क्षेत्रमा यसरी नै लकडाउनलाई निरन्तरता नदिन सुझाव दिएका हुन् । उनले संक्रमण बढी भएको क्षेत्रको पहिचान भइसकेकाले अब सबै क्षेत्रमा लकडाउन बढाउनुको औचित्य नभएको बताएका छन् ।
उनले नेपाललाई भारत, युरोप अमेरिकासँग तुलान गर्न नहुने बताए । परीक्षण कम भएको भनिएपनि नेपालमा कडा खालको कोरोना नभएको बताए । उनले राज्य संचालकलाई लकडाउन खोल्न सुझाव दिएका छन् । उनले लकडाउन बढेमा अरु थुप्रै समस्याले मानिस मर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
लकडाउनको औचित्य घट्दो छ, साथै, पुरै देशलाई एउटै आंखाले हेर्दा राज्यले अन्य ठुला दुर्घटनाहरु निम्त्याइरहेको छ । राज्यका विज्ञहरुले के भन्नुहुन्छ त ? pic.twitter.com/oDSHq9ZyPT
— Sameer M Dixit, PhD???????? (@smadixit) May 3, 2020