नेपालगंजमा थप सात जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या ८२ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का २२, ३०, ४० वर्षका पुरुष तथा ९, ३२, ३४, र ५५ वर्षका महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

संक्रमित मध्ये १६ जना निको भई अस्पतालबाट घर फर्किसकेका छन् । अन्यको अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति

२० किलो चरेश र २१ किलो गाँजासहित रुपन्देहीमा सातजना पक्राउ

  लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको