कुवेतमा ८४ जना नेपालीलाई कोरोना संक्रमण
काठमाडौं । कुवेतमा ८४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कुवेतस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गरी ३ मे सम्म ८४ नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएको हो । नेपालीसहित कुवेतमा ४ हजार ९ सय ८३ जनालाई कोरोना संक्रमण भएको दूताबासले जनाएको छ ।
कोरोना फैलिन नदिन र कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले नेपाली समुदायलाई आग्रह गरेको छ । दूताबासले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएतापनि यसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको हुँदा यो रोगबाट भयभित नभई, दृढ साहस र उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन एवं निराधार हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।