प्रधानसेनापति थापाद्वारा शर्मालाई दज्र्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । शर्मालाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको थियो ।

शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ । बलाधिकृत रथी शरद गिरीले असार पहिलो साता अवकास पाएपछि शर्मा बलाधिकृत रथी बन्नेछन् ।

त्यसैगरी सहायक रथीबाट उपरथीमा बढुवा भएका कुमार अधिकारी र संजय थापाले प्रधानसेनापति थापाबाट दज्र्यानी चिन्ह पाएका छन् । उपरथी अधिकारीलाई उपत्यका पृतनाको पृतनापति र अर्का उपरथी थापालाई मध्य पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा दुई दिन प्रशिक्षण दिइने

भैरहवा । नेपाली कांग्रेसले देशभरि रहेका पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

गौतमबुद्ध विमानस्थलमा एक महिनामा ६ हजार यात्रु आगमन

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको

प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन सरकारलाई पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व