बैशाख २५ गतेपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने सरकारको तयारी


काठमाडौं । सरकारले बैशाख २५ गतेपछि लकडाउनलाई केही खुकुलो पार्ने भएको छ । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो बनाउने संकेत गरेका हुन् ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको मन्त्री ढकालले बताए ।

उनले कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण क्षेत्रलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने बताए । कारोनाका कारण दिर्घरोगी र अन्य विरामीहरुले अस्पतालबाट पाउने सेवासमेत पाउन नसकेकाले त्यसलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने बताए ।