रोल्पामा बम विस्फोट घटनाको छानबिन गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा बेबारिसे बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी उक्त घटनाले मर्माहत भएको भन्दै सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु अत्यन्तै दुःखद र गम्भीर भएको बताएका हुन्। बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो ।