सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट तारेखमा रिहा
काठमाडौं । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । बिहीबार नै जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेकोमा पुनः पक्राउ गरि सम्पत्ति शुद्धिकरण विभागमा बुझाएकोमा विभागले तारेखमा रिहा गरेको हो ।
विभागले अग्रवालसँग बयान लिएको र लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको हो । अग्रवाल गत चैत २५ गते पाँच हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्रि गरेको आरोपमा पक्राउ परेका थिए ।