बम विष्फोटबाट रोल्पामा चार बालबालिकाको मृत्यु
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार साँझ बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिएका छन् ।
साँझ ६ बजेतिर भएको घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् । घटनास्थलमा ग्रिनेट बम रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।