कतारबाट २० टन र युएईबाट नौ टन स्वास्थ्य सामग्री प्रदान



काठमाडौं । कतार र युएईले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कतारबाट नेपाललाई सहयोग स्वरुप २० टन स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्द अल–हेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कतारले पीपीई सेट, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएस, सीआरआरटी मेसीन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स र सेनिटाइजर लगायत १४ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

बुधबार नै युएईले पनि नेपाल सरकारलाई कारोना भाइरस संक्रमणका बिरामीलाई उपचार गर्न प्रयोग गरिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । युएईले करिब ९ टन स्वास्थ्य सामग्री नेपालाई उपलब्ध गराएको हो । युएईबाट इतिहादको वाइडबडी विमान चार्टर गरी उक्त सामग्री नेपाल ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।