कोरोना रोकथामका लागि सरकारले गरेको कामप्रति कांग्रेस असन्तुष्ट
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद बैठक डाक्न सरकारसँग माग गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
संसद बोलाउन ढिलो गर्दा बजेटबारेको छलफल प्रभावित हुने कांग्रेसले तर्क गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अबिलम्ब संसद बैठक बोलाउनुपर्ने केन्द्रीय समितिले माग रहेको बताए । त्यस्तै कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको काम सन्तोषजनक नभएको उनले बताए ।
अत्यावश्यक सामग्री ल्याउन सरकार असफल रहेको र राहतको काममा सरकारले सफलता पाउनु नसकेको उनले बताए । बैठकमा प्रतिपक्षी दलको रुपमा भूमिका बढाउनेपर्नेबारे पनि छलफल भएको उनले जानकारी दिए ।