नेकपाको सचिवालय बैठक बस्दै, कसरी फेस गर्लान् प्रधानमन्त्रीले ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर पार्टीभित्र विवाद भइरहेका बेला सचिवालय बैठक बोलाइएको हो । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्नेछ । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि बसेको थिएन ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच मंगलबार भएको भेटवार्तापछि आजका लागि सचिवालय बैठक बस्ने तय भएको हो । पार्टी विभाजन गर्ने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओलीको सर्वत्र विरोध भइरहेको छ । सर्वत्र विरोध भएपछि सरकारले अध्यादेश खारेज गरिसकेको छ ।

तर अध्यादेशको औचित्यबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने भन्दै २० जना स्थायी कमिटी सदस्यहरुले पहिला सचिवालय र त्यसपछि स्थायी कमिटी बैठक डाक्न माग गरिसकेका छन् । उनीहरुले बैठक नबोलाइए आफूहरु कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् । ओली पक्ष बैठक नबोलाउने पक्षमा थियो । तर प्रचण्ड र माधव नेपालले दबाव दिएपछि ओली बैठक बोलाउन बाध्य भएका हुन् । आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने बताइएको छ ।

नेकपाका नेताहरुले सरकारको काम गराई ठिक नभएको, पार्टी बदनाम भएको, भ्रष्टाचारका विभिन्न विषय उठेका भन्दै प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौं । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ