रौतहटका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण
काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका भुसहा र देवाही नगरपालिकाका दुई जनामा कोरोना भाइरसको संक्रमण भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको वृन्दावन नगरपालिका प्रमुख रामस्नेहि यादबले जानकारी दिएका छन् ।
भारतको कोलकोताबाट फर्केका एक जना चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । जनकपुरको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर पठाइएको थियो। त्यस्तै देवाही गोनाही १ का ३५ वर्ष पुरुष क्वारेन्टाइनमै रहेका बेला कोरोना संक्रमण भएको पाइएको हो ।