लकडाउनमा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने
काठमाडौँ । लकडाउनको अवधिमा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने भएका छन् । यस सम्बन्धी सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित गरिएको छ ।
गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख गर्दै सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने जनाइएको थियो । सोही अनुसार सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।