स्वास्थ्य सचिव कोइरालाको भनाई अभद्र र अशोभनीयः चिकित्सक संघ



काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य यादव कोइरालाको भनाई अशोभनीय र अभद्र भन्दै आपत्ति जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गरी विचार गरेर मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको हो । स्वास्थ्य क्षेत्रमा करार, दैनिक ज्यालादारीमा नियुक्ति गर्नुको साट्टा स्थायी दरबन्दी वृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्न समेत संघले माग गरेको छ।

सचिव कोइरालाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका विषयमा एक सञ्चार माध्यममा जथाभावी बोलेका थिए । उनले भनेका छन्, ‘त्यो करारको हो, त्यो हामीले बोलाउँदा नआउने, हामीले करारको कर्मचारीलाई चाहेका बेला निकाल्न सक्छौं, के को स्पष्टिकरण ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।