काठमाडौं प्रहरीले लिन मानेन जाहेरी



काठमाडौं । काठमाडौं प्रहरीले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई मुद्दा दर्ता नगरी फिर्ता गरिदिएको छ । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै जोहरी लिन नमानेको हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’

सांसद यादवलाई अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु प्रहरीमा जाहेरी दिन आइतबार दिउँसो प्रहरीकोमा गएका थिए । जाहेरी दिन अपहरणमा परेका भनिएका सांसद यादव, नेता बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

उनीहरुले सांसद डा. सुरेन्द्र यादवको ’राजनीतिक अपहरण’ गर्नेवरुद्ध किटानी जाहेरी दिन लागेका हुन् । अपहरणमा संलग्न भएको भन्दै पार्टीले पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका नेताहरु महेश बस्नेत र किसन श्रेष्ठविरुद्ध मुद्दा दिन लागेका हुन् । उनीहरुले जनकपुरबाट सांसद यादवलाई गत साता अपहरण शैलीका काठमाडौं ल्याएका थिए । तर उनीहरुले आफूहरुले सांसद यादवलाई अपहरण नगरिएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुलाई राजीनामा दिन दबाब नदिन स्थानीय तहहरुलाई शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत

मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा

मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने