काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु प्रहरीमा जाहेरी दिन प्रहरीकोमा गएका छन् । जाहेरी दिन अपहरणमा परेका भनिएका सांसद यादव, नेता बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।
उनीहरुले सांसद डा. सुरेन्द्र यादवको ’राजनीतिक अपहरण’ गर्नेवरुद्ध किटानी जाहेरी दिन लागेका हुन् । अपहरणमा संलग्न भएको भन्दै पार्टीले पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका नेताहरु महेश बस्नेत र किसन श्रेष्ठविरुद्ध मुद्दा दिन लागेका हुन् ।
उनीहरुले जनकपुरबाट सांसद यादवलाई गत साता अपहरण शैलीका काठमाडौं ल्याएका थिए । तर उनीहरुले आफूहरुले सांसद यादवलाई अपहरण नगरिएको बताउँदै आएका छन् ।


प्रतिक्रिया