वीरगंजमा दुई जना कोरोना संक्रमित फेला, ५१ पुग्यो संक्रमितको संख्या
काठमाडौं । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आइतबार गरिएको परीक्षणका क्रममा दुई जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुबै जना वीरगंजका ५० वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । संक्रमित मध्ये १२ जना भने निको भई अस्पतालबाट घर फर्किसकेका छन् ।