४९ कोरोना संक्रमित मध्ये १२ जना निको भई अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नेपालका १२ जना कोरोना संक्रमित पूर्णरुपमा स्वास्थ्यलाभ गरि अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ४९ संक्रमित मध्ये १२ जना निको भई डिस्चार्ज भएका जानकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाले पिसिआर बिधिबाट अहिलेसम्म ९ हजार ६ सय ६६ जनाको परीक्षण गरिएको र अन्यको र्यापीड टेष्ट गरिएको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १९ सय ५४ जनाको परीक्षण गरिएको छ । अहिले मुलुकभर क्वारेन्टाइनमा १४ हजार ७ सय ३१ जना र आइसोलेशनमा ८७ जना रहेका छन् भने रेड जोनमा २ सय ९० जना रहेका छन् । चितवनमा भरतपुरमा उपचार गरिरहेका एक पुरुष पनि पूर्ण रुपमा स्वस्थ भइ शनिबार डिष्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।