पिसिआर परीक्षणलाई तीब्रता दिन मानव अधिकार आयोगको निर्देशन



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणको यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले देशभर पीसीआर प्रविधिबाट मात्र परीक्षण गर्न, गराउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले शनिबार विज्ञप्ति जारी गरी अरू देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नरहेका देखिएको भन्दै कारोना संक्रमणको यकिन गर्न पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो।

विज्ञप्तिमा आयोगले लकडाउनका बाबजुद केही दिनयता उदयपुरलगायतका जिल्लाका समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएकोतर्फ गम्भीर भई थप सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको छ। आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरको अनुगमनबाट मुलुकका धेरै ठाउँमा लकडाउन र सामाजिक दुरीको पालना नभएको देखिएको र त्यसबाट संक्रमणको जोखिम झन् बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना

रानीमहल पुग्दै प्रेमिल जोडी

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट