‘माधव नेपाल र शेरबहादुर तामाङसँग सिक्नुस् नैतिक शिक्षा’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएकी नेकपाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठाएकी छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले भनेकी छन्, ‘राजनीतिमा नैतिकता हुन्छ भनेर शिक्षा दिने क.माधव नेपाल र अनाहकमा गलत अर्थ लगाएर राजीनामा दिन बाध्य पारिएका क.शेरबहादुर तामाङले नैतिकता आफूमा मात्र सीमित गर्नु भएछ ।
अन्त नैतिकता कतै देखिन्छ ?
अध्यादेश फिर्ता भयो रे !
के योसँगै सम्पूर्ण राजनीतिक र नैतिक प्रश्न सकिन्छ ?
मलाई लाग्छ सकिदैन ।
अब के हुन्छ ?’

पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेले नराम्रोसँग पराजय भोगेपछि तत्कालिन महासचिवको हैसियतले माधवकुमार नेपालले पनि पार्टी महासचिव पदबाट राजीनामा दिएका थिए ।

त्यसैगरी ओली सरकारकै पालामा कानूनमन्त्री रहेका शेरबहादुर तामाङले चिकित्सा शिक्षा विधेयकको विषयमा चलेको विवादकाबीच बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको विषयमा गरेका टिप्पणीबारे चौतर्फी आलोचना भएपछि उनलाई पदबाट राजीनामा दिन बाध्य पारिएको थियो । तर अब प्रधानमन्त्रीले चाहिं के गर्लान् ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक