बालुवाटारमा प्रधानमन्त्रीसहित तीन नेताको सामूहिक छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले दुई नेतालाई भेटका लागि बालुवाटार बोलाएका हुन् ।

सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष प्रचण्डलाई भेटवार्ताका लागि बालुवाटार बोलाएका हुन् । भेटमा पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेजसमेत गरिसकेकी छन् । दल विभाजन सम्बन्धी र संबैधानिक परिषद् सम्बन्धि अध्यादेश सरकारले सोमबार जारी गरेको थियो । तर पार्टी भित्रै र बाहिरबाट धेरै आलोना खेपेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन बाध्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली