कतारमा रहेका नेपालीकाबारेमा चिन्ता नलिन कतारी प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्रीलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीको अवस्थाकाबारेमा जानकारी लिएका छन् । बिहीबार साँझ कतारका प्रधानमन्त्री शेख खालिद विन खालिफा अब्दुल अजिज अल थानीसँग त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेका हुन् ।

त्यसक्रममा कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरेका प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । त्यस्तै उनलाई आफूले त्यहाँ विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । कतारमा हजारौं नेपाली कार्यरत छन् । कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण उनीहरु समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकासहित ठाउँठाउँमा वर्षा

काठमाडौँ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल गण्डकी

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा

सर्वाेच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

वीरगञ्ज । सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड)