दुई दलको एकता सहमतिबारे सभामुखलाई जानकारी



काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले दुई दलबीच एकताका लागि भएको सहमतिका बारेमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन् । सिंहदरबारस्थित सभामुखको सचिवालय पुगेर नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतले पार्टी एकता भएको र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिएका हुन् ।

बुधबार मध्यराति तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी एकतापछि जनता समाजवादी पार्टी बनेको हो । बिहीबार बिहान निर्वाचन आयोग पुगेर दुई दलका शीर्ष नेताहरुले पार्टी दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको जानकारी गराएपछि संसद सचिवालयले उनीहरुका लागि बस्ने ठाउँ लगायतको व्यवस्था गर्नेछ ।

यसअघि उनीहरुले आजै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए । बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराएका थिए । आयोगले निवेदन दर्ता गरेको छ । निवेदनको दर्ता नम्बर १३८८ रहेको छ । आफूहरुले सहमति पत्र सहितको निवेदन दिएको र  अन्य कागजात लकडाउनपछि बुझाउने नेता केशव झाले जानकारी दिएका छन् । राजपा र समाजवादी पार्टीबीच बुधबार मध्यराति पार्टी एकीकरणको सहमति भएको थियो ।

अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी हुनेछ। त्यस्तै झण्डा मसाल अंकित यसअघीको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ । दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया

पतञ्जली जग्गा प्रकरणको थप अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान