दल दर्ताका लागि जनता समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा
काठमाडौँ । राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन् ।
पार्टी एकता गरेर जनता समाजवादी पार्टी गठन भएको छ । जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले हिजोको सहमतिअनुसार नयाँ दल दर्ता आफू आयोग पुगेको बताएका छन् । दल दर्ता गर्न उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेता आयोगमा पुगेका छन् । पार्टीका नेता केशव झाले निर्वाचन आयोगका सचिवलाई दल दर्ताको निवेदन बुझाइसकिएको बताए ।