गलत मनसायले अध्यादेश आएको चार दलको ठहर, तत्काल संसद बैठक बोलाउन माग
काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी चार दलले सरकारले गलत नियतका साथ राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको ठहर गरेका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा समाजवादी, राजपा र राप्रपाका शीर्ष नेताहरुको संयुक्त बैठकले अध्यादेश गलत मनसायले आएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।