सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज



धनगढी । कैलालीको धनगढीका कोरोना जितेर घर फर्किएका छन् । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ती युवक सेती प्रादेशिक अस्पतालबाट मंगलबार डिस्चार्ज भएका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय उनी ३० दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन् ।

कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । दुबईबाट नेपाल आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो । यसअघि सेती प्रादेशिक अस्पतालमै उपचार गराएका लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए । अब सेतीमा तीन जना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ

पत्रकारको पास निलम्वन गरेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या